कार्यसम्पादन मूल्यांकनमा कपुरकोट कर्णालीमा प्रथम हुँदा देशभरीकैै दोस्रो

नमुनापत्र संवाददाता
८ माघ २०८०, सोमबार १८:५१

सल्यान । कार्यसम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णालीकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को कार्य सम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशको प्रथम र देशभरिको दोश्रो भएको हो ।

१००पुर्णाङ्कको मूल्यांकनमा कपुरकोटले ९७ अंक पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिनुभयो । गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २७।५, लेखांकन तथा प्रतिवेदनमा १७, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५।५ अंक ल्याएको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो ।

कपुरकोटलाई देशभरिको पहिलो बनेको सिन्धुलीको मरिन गाउँपालिकाले ०।५ अंकले मात्रै उछिनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्थागत क्षमता कस्तो छ भनेर प्रत्येक बर्ष मूल्यांकन गर्दै आएको छ ।

सो मूल्यांकनमा कर्णालीको भगवतीमाई गाउँपालिका ९५ र महाबु गाउँपालिकाले ९१।५ अंक ल्याएर उत्कृष्ट बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*