नेपाल सि.एम.ए संघ , जिल्ला कार्य समिति दाङको पाँचौ जिल्ला अधिबेशन सम्पन्न
दाङ । नेपाल सि.एम.ए संघ , जिल्ला कार्य समिति दाङका अध्यक्ष मुकेश कुमार बुढाथोकी को अध्यक्षता र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा. जनार्दन पन्थीको प्रमुख आथित्यमा घोराही दाङमा ” सि.एम.ए. एकता आजको आबश्यकता पेशागत हकहित र अधिकार हाम्रो प्रतिबद्धता ” भन्ने नारा सहित आज नेपाल सि.एम.ए संघ , जिल्ला कार्य समिति दाङको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भएको छ।
सो कार्यक्रममा अधिकांश बक्ताले स्वास्थ्य क्षेत्रमा सि.एम.ए स्वास्थ्यकर्मीहरूको योगदान तथा आगामी समयमा देखा पर्ने स्वास्थ्य सम्बन्धि समस्या तथा स्वास्थ्य सम्बन्धि बिषयहरूमा सि.एम.ए स्वास्थ्यकर्मीहरूले खेल्नुपर्ने भुमिकाका बिषयमा बोलेका थिए । आज सम्पन्न भएको अधिबेशनले जिल्ला कार्य समितिको नयाँ पदाधिकारीहरूको गठन गरेको छ।
नेपाल सि.एम.ए संघ , जिल्ला कार्य समिति दाङका नवनिर्वाचित पदाधिकारीहरू
गिरीराज अधिकारी , अध्यक्ष
ओम प्रकाश डाँगी , उपाध्यक्ष
सुदर्शन आचार्य , सचिव
रोमहर्ष के.सी , कोषाध्यक्ष
फनिराम पाण्डे , सह- सचिब
लाल बहादुर चौधरी , सदस्य
राजेन्द्र चौधरी थारू , सदस्य
बिरेन्द्र बस्नेत , सदस्य
देबराज न्यौपाने , सदस्य
रमेश पहल्डङ्या थारू , सदस्य
राम कुमार चौधरी , सदस्य