राष्ट्रियसभा सदस्यको निर्वाचन : लुम्बिनीमा दुई सिटका लागि ६ जनाको प्रतिस्पर्धा

नमुनापत्र संवाददाता
२७ पुष २०८०, शुक्रबार १९:२९

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि छ जना उममेदवार निर्वाचनमा सहभागी हुने भएका छन ।
प्रदेश निर्वाचन कार्यालय दाङले आज सार्वजनिक गरेको अन्तिम नामावली प्रकाशन अनुसार गत पुस २३ गते सात जनाले उम्मेदवारी दर्ता गराएका थिए।

आज शुक्रवार राप्रपाका निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिएपछि अव छ जना उम्मेदवार रहेको प्रदेश निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताउनुभयो ।

जस अनुसार महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसका विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंह उम्मेदवार रहनुभएको छ ।

त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवार रहनुभएको छ।

लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ पालिकाका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*