दाङका तीन सिमेन्ट उद्योगको दुई अर्ब बढी विद्युत महशुलको बक्यौता

नमुनापत्र संवाददाता
८ पुष २०८०, आईतवार २०:४६

दाङ । दाङका तीनवटा सिमेन्ट उद्योगले दुई अर्ब ६२ करोड १७ लाख ३४ हजार चार सय ३५ रुपैयाँ ४८ पैसा बक्यौता तिर्न बाँकी छ । जसमा एक अर्ब ५३ करोड ८९ लाख २९ हजार ८२ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेकाले घोराही सिमेन्ट उद्योगको लाइन काटिएको छ।

६४ करोड २० लाख १५ हजार नौ सय ६ रुपैयाँ बक्यौता तिर्न बाँकी सोनापुर मिनरल्स एण्ड आयल्स प्रालि र ४४ करोड सात लाख ८९ हजार चार सय ४७ रुपैयाँ नतिरेको सतवरियाको सम्राट सिमेन्टको लाइन भने कटैको छैन ।

प्राधिकरणको विद्युत महसुल संकलननियमावली, २०७८ को नियम १० को ’विद्युत लाइन काट्नेसम्वन्धी व्यवस्था’ अझै दाङका दुई सिमेन्ट उद्योगलाई लागु भएको नै छैन। मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था नियमावलीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*