लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नमुनापत्र संवाददाता
८ पुष २०८०, आईतवार २०:२६

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*