मेयरको कार्यशैलीसँग ‘फिट’ नभएको भन्दै बुटवलका प्रमुख प्रशासकीय अधिकृत डेढ महिना नहुँदै फिर्ता
बसटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल सरूवा भएर आएको डेढ महिना नबित्दै बुटवलबाट फिर्ता भएका छन्।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको कार्यशैलीप्रति असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भुसाल मंगलबार साँझ अचानक बुटवलबाट फिर्ता भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत भुसालले बुटवलबाट सरूवा नै नभइसकेको भए पनि उपमहानगरपालिकाका प्रमुख पाण्डेयको कार्यशैलीसँग आफू ‘फिट’ नभएकोले मंगलबार काठमाडौं आएको बताए।
‘सबैका कार्यशैलीसँग सबै फिट नहुन सक्छ, म पनि बुटवलका प्रमुखको कार्यशैलीसँग फिट हुन सकिनँ,’ भुसालले सेतोपाटीसँग भने।
यसअघि उद्योग मन्त्रालयमा रहेका भुसाल गत असोज ७ गतेमात्रै बुटवल उपमहानगरपालिकामा सरूवा भएर आएका थिए। त्यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका टेकराज पन्थीको सरूवा पछि उपमहानगरपालिका प्रमुख पाण्डेयकै रोजाइमा भुसाल बुटवल गएका थिए। भुसालले पनि यसअघि उपमहानगरपालिका प्रमुख पाण्डेय र आफ्नो सहमतिमै बुटवल गए पनि काम गर्दै जाँदा असहमति उत्पन्न भएको बताए।
आजको लागि तय गरिएको उपमहानगरपालिकाको कार्यपालिका बैठकका कतिपय एजेण्डाप्रति उपमहानगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच असहमति उत्पन्न भएपछि उपमहानगरपालिका प्रमुख पाण्डेयले तत्काल बुटवल छोडेर जान दबाब दिएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उपमहानगरपालिका प्रमुख पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न र आफू निकटकै व्यक्तिहरूलाई अनुदान वितरण गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यपालिका बैठकबाट पारित नगरी कर्मचारी नियुक्ति र अनुदान वितरण नगर्ने अडान लिएपछि भनाभन समेत भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरप्रमुखका योजनामा सहयोग गर्ने भनेर नै बुटवल गए पनि आफू कानुन, विधि र सिस्टममा चल्न खोज्दा फिट हुन नसकेको बताए।
स्रोतका अनुसार उपमहानगरपालिका प्रमुख पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न र आफू निकटकै व्यक्तिहरूलाई अनुदान वितरण गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यपालिका बैठकबाट पारित नगरी कर्मचारी नियुक्ति र अनुदान वितरण नगर्ने अडान लिएपछि भनाभन समेत भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरप्रमुखका योजनामा सहयोग गर्ने भनेर नै बुटवल गए पनि आफू कानुन, विधि र सिस्टममा चल्न खोज्दा फिट हुन नसकेको बताए। @ सेतोपाटी बाट