मेट्रो कलेजले स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने

नमुनापत्र संवाददाता
२२ कार्तिक २०८०, बुधबार १३:४५

दाङ । दाङको तुलसीपुर १२ मा रहेको मेट्रो कलेजले स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ । बेइजिङ्ग भाषा तथा संस्कृति विश्वविद्यालयको सहकार्यमा यसै शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी भर्ना खुल्ला गरिएको कलेजका प्रमुख बसन्त आचार्यले जानकारी बताउनुभयोे ।
स्नातक तहको कार्यक्रम चार वर्षको हुने छ । २ वर्ष मेट्रो कलेजमा अध्ययन गर्ने र बाँकी दुई वर्ष बेइजिङ्ग विश्वविद्यालयमा अध्यापन हुने कलेज प्रमुख आचार्यले जानकारी दिनुभयो ।

कलेज प्रमुख आचार्यका अनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको विटि सिएस ओएल कार्यक्रम सञ्चालन हुन लागेको हो । आठ सेमेस्टरमा सञ्चालन हुने कार्यक्रमको पहिलो र दोस्रो सेमेस्टर मेट्रो कलेजमा सञ्चालन हुनेछ भने तेस्रो देखि छैटौसम्म चिनिया विश्वविद्यालयमा र अन्तिमका दुई सेमेस्टर मेट्रो कलेजमै सञ्चालन आचार्यको भनाई छ ।

चारवर्षे कार्यक्रममा चिनिया भाषाका साथै विद्यार्थीको अभिरुचि अनुसार मानविकी संकायका विभिन्न विषयको अध्यापन हुनेछ । सबै विषयहरु विद्यार्थीले चिनिया भाषामा नै अध्ययन गर्नुपर्नेछ ।

तुलसीपुर मेट्रो कलेजमा अध्ययन गर्दा सामान्य शुल्क लागेपनि चिनिया विश्वविद्यालयमा छात्रावास सुविधा सहित पूणर् छात्रवृत्तिमा अध्यापन हुनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहयोगमा कलेजले कार्यक्रम सञ्चालन गर्न लागेको हो । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा यस अगाडी बिए एलएलबी कार्यक्रम सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*