काठमाडौं महानगरले सडकमा छाडिएका चौपाया दक्षिणकालीको काञ्जी हाउसमा व्यवस्थापन गर्ने

नमुनापत्र संवाददाता
२२ कार्तिक २०८०, बुधबार १०:३२

काठमाडौ । काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा रहेका गाईबाच्छाहरुलाई कोपुगाउँमा रहेको ‘काञ्जी हाउस’मा राख्ने बताएको छ ।
महानगरका मेयर बालेन शाहले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा वडा नम्बर ७ कोपुगाउँमा रहेको सो हाउसमा राख्ने तयारी भएको बताए ।

सडकमा छाडिएको चौपायाले खान नपाएको , तिर्खा लागेको बेला पानी समेत नपाउने र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहेकाले अभियान थालिएको उनले बताए । काञ्जी हाउसमा हुँदा उनीहरूको उपचारमा पनि सहजता आउने उनको विश्वास छ ।सडक चौपायाहरूको व्यवस्थापनले सडक दुर्घटना समेत घटाउने भएकाले महानगरको यो अभियानलाई सकारात्मक रूपमा लिइएको छ ।

काञ्जी हाउसमा लगिएको चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज पनि खरिद गरिसकिएको र हेरचाहका लागि २ जना स्थानीयलाई महानगरले ज्यालादारीमा काममा लगाउने बताएको छन । दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को सहकार्यमा पानी, बिजुली लगायतका सुविधा पनि प्रदान गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*