भूकम्पका घाइते सुर्खेतदेखि काठमाडौँका अस्पतालमा कति छन् ?
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यरात गएको भूकम्पमा परि १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सय ५६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा पु¥याइएका घाइतेहरुको अवस्था के छ ? कहाँ कहाँ उपचार हुँदैछ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरात ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ५६ जना घाइते भएका छन् । भूकम्पका परेर घाइते भएकाहरुको स्थानीय तथा जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । साथै धेरै घाइतेहरु उपचारपछि डिस्चार्ज समेत भइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
भूकम्पमा परेका घाइतेहरुको उपचारत अस्पतालको विवरण :
– प्रादेशिक अस्पताल, सुर्खेतमा २९ जना
– भेरी अस्पताल, नेपालगञ्जमा ३१ जना
– त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा ८ जना
– जिल्ला अस्पताल, जाजरकोटमा १९ जना
– ट्रमा सेन्टर, काठमाडौंमा १ जना
भूकम्पमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गर्न सकिने विरामीलाई स्थानीय स्वास्थ्य संस्थामा नै प्राथमिक उपचार गरी घर पठाएको छ । भूकम्प प्रभावित ११ वटै जिल्लाको स्थानीय अस्पतालमा समान्य घाइते भएका १ हजार जना निको भएर घर फर्किसकेका छन् । साथै भेरी अस्पतालमा उपचारत ३१ मध्ये २ जना, प्रादेशिक अस्पताल सुर्खेतमा उपचारत २९ मध्ये १२ जना तथा त्रिवि शिक्षण अस्पतालमा उपचारत ८ जना मध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
भूकम्पमा परी समान्य घाइते भएकाहरुको प्राथमिक उपचार स्थानीय अस्पालमा गरिएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएका घाइतेहरुलाई जिल्ला सरमुकाममा तथा त्यहाँ पनि उपचार सम्भव नभएका घाइतेहरुलाई विशेषज्ञ अस्पताल लैजाने संयन्त्र तयार गरिएको थियो । प्रादेशिक अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगञ्जलाई घाइतेको अवस्था हेरी अन्य अस्पताल रिफर गर्ने अस्पतालको रुपमा तोकिएको छ ।@news24