काठमाडौंका २५ सयमा संक्रमण, डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो

नमुनापत्र संवाददाता
२१ कार्तिक २०८०, मंगलवार १७:२७

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म दुई हजार ५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*