कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

नमुनापत्र संवाददाता
२० कार्तिक २०८०, सोमबार २३:४२

बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ उनले भनेका छन् ।

समर्थन कहिलेसम्म रु भन्ने प्रश्नमा उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताए ।सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।नेकपा एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असोजमा मुख्यमन्त्री बनेका थिए ।

२८ असोजमा शपथ ग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेस विद्रोही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।१ कात्तिकका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*