रुपन्देही उद्योग संघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

नमुनापत्र संवाददाता
२० कार्तिक २०८०, सोमबार २३:२३

बुटवल । रुपन्देही उद्योग संघको ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन सम्पन्न भएको छ ।

संघको कार्यालयमा आईतबार एक कार्यक्रमकाबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको हो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराउँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्योगीहरुका समस्याहरुको सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास र औद्योगिक बातावरण बन्न नसक्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम,बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल,संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा लगायतले बोलेका थिए।

कार्यक्रममा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था कुशलतापूर्वक कायम गरी अपराध नियन्त्रण र गैर कानूनी गतिविधि रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज प्रहरी नायव उपरीक्षक दान बहादुर थापालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्दता जनाए ।

उद्योग संघको असोज २९ गते सम्पन्न २३ औं अधिवेशनबाट दिलिप सापकोटाको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*