राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३ सयभन्दा बढी परिवारलाई पुग्ने राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै सभापति लामिछानेले ३ सयभन्दा धेरै परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।
राहतका सामग्री अब जिल्ला प्रशासन कार्यालय जाजरकोटद्वारा वितरण गरिने उनको भनाइ छ ।
साथै आज साँझ ७ बजेदेखि ९ बजेसम्म आफू ‘ग्राउन्ड जिरो’ को यथार्थ जानकारीसहित जाजरकोटको स्थानीय रेडियो पाइला ९१.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारणमा रहनेसमेत उनले जानकारी गराएका छन् ।