उपप्रधानमन्त्रीको निर्देशन– दुई दिनभित्र राहत सामग्री पुर्‍याउनू

नमुनापत्र संवाददाता
१९ कार्तिक २०८०, आईतवार १९:१७

काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए ।

उनले आज र भोलिसम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए ।

शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिररहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*