दुर्गा प्रसाईंलाई प्रहरीमा उपस्थित हुने चेतावनी, ओलीको ‘कम्वोडिया टेलिकमको लगानीबारे’ सोधपुछको तयारी
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार ११ बजे प्रहरी प्रधान कार्यालयमा उपस्थित हुने चेतावनी दिएको छ । उनी प्रहरीको निर्देशन अनुुसार उपस्थित भएर आफूमाथि लागेका आरोपको फेस गर्न तयार रहेको बताएका छन्।
प्रसाईंले आफूबाट कुनै गैरकानुनी काम नभएको दाबी गर्छन्। उनले भने, ‘मैले कुनै गैरकानुनी काम गरेको छैन। बैंकलाई बुझाउनुपर्ने ब्याज नियमित बुझाउँदै आएको छु। ममाथि लागेको आरोपको कानुनी रूपमा फेस गर्न तयार छु।’
उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र केही विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।
आफूले बैंक र सहकारीका कारण उठिबास हुन लागेका पीडितको पक्षमा बोले पनि मिडियाले गलत ढंगले प्रस्तुत गरेको उल्टो आरोप लगाउन थालेका छन् । विगत केही समय देखि प्रसाइंले केही युट्वरको माध्यमबाट व्यवस्था र उनले टार्गेट गरेका व्यवसायीहरुप्रति जथाभावी बोल्दै आएका छन् । ‘प्रसाईं भन्छन् – मप्रति मिडियाले लेखेको कुरामा आपत्ति छ। मैले उठिबास हुन लागेका व्यक्तिको पक्षमा बोलेको हुँ’, प्रसाईंले भने।
उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको समेत उल्लेख गरे।
प्रसाईंलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा बोलाएको प्रहरी स्रोतको दाबी छ।
प्रहरीले उनलाई उनले सार्वजनिक रुपमा बोलेका र अरोप लगाएका विषयमा प्रमाण दिएर सहयोग गर्न निर्देशन दिन लगोको प्रहरीले बताएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कम्वोडियाको टेलिकममा भएको लगानीका बारेमा उनीसंग जानकारी मागिनेछ । उनले जानकारी उपलव्ध गराउन नसकेमा उनीमाथि गाली बेइज्जती सम्वन्धी मुद्धामा कारबाही चलाउने योजनामा प्रहरी रहेको बुझिएको छ । @ abcnews बाट साभार