पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

नमुनापत्र संवाददाता
९ आश्विन २०८०, मंगलवार १५:५९

लुम्बिनी । पूर्व प्रधानमन्त्री एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गर्नुभएकाे हाे ।

नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गर्नुभयाे पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको थियो।

लुम्बिनीलाई वृहत क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न उपाध्यक्ष डा. लामालाई शुभकामना समेत व्यक्त गर्नुभयाे ।

लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उहाँले लुम्बिनी लगायत बुद्ध सँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीका रुपमा विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*