हाम्रो पुरस्कार अझै पनि आएन, तर आशावादी छौँ : कप्तान पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन् ।
एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् । उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताउनु भयो । उहाँले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको दाबी गरे ।
‘तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ । एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भएपनि, बलियो वा कमजोर जस्तो भएपनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टि २० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टि २० क्वालिफायर भन्दा अगाडि टुर्नामेण्ट खेल्न पाएका छौँ । निकै महत्वपूर्ण हुनेछ । वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टि २० मा जानुपर्नेछ । हामी टि २० का लागि रेडि छौँ । ललितलाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टि २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मेहनत गरिरहेका छाँै । ग्रासरुट देखिका गेमहरु हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ।’
टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको उनले बताए ।