तुलसीपुरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी मर्कामा

नमुनापत्र संवाददाता
३१ भाद्र २०८०, आईतवार १४:३१

तुलसीपुर । नेपाल चिकित्सक संघ,दाङ शाखाको आयोजनामा चिकित्सकहरूको टोलीले हेटौंडामा भएको चिकित्सक कुटपिटक‍ो बिरोध स्वरूप हातमा कालोपट्टी बाँधी मौन रूपमा नगर परिक्रमा गरि बिरोध प्रदशन गरेको छ। बिरोधको कार्यक्रम राप्ती प्रादेशिक अस्पताल , तुलसीपुर बाट शुरू भई नगर परिक्रमा पश्चात् राप्ती प्रादेशिक अस्पतालमा गएर टुंगिएको थियो।

कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य तथा यस क्षेत्रका बरिस्ठ बालरोग बिशेषज्ञ डा.किशोर खत्रीले चिकित्सक कुटपिट घटनामा संलग्नहरूलाई अबिलम्ब सरकारले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने,नेपाल चिकित्सक संघले चिकित्सकको हकहितका लागि उठायका मागहरूलाई पूरा गर्नुपर्ने अन्यथा नेपाल चिकित्सक संघ चिकित्सकको सुरक्षा र हितका लागि कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

गत बुधवार हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै सङ्घले सेवा ठप्प पारेको हो ।

सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पार्दा बिरामीहरू मर्कामा परेका छन्।

संघले आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै हिजो साँझ आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*