डेंगु संक्रमणबाट पाल्पामा ११ महिने बालिकाको मृत्यु
पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट ११ महिने बालिकाको ज्यान गएको छ ।
युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वालिङ नगरपालिका ११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् ।
डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।