आफुँ मात्रै जिउँदो अरू सबै जिउँदा लास हुन्
कबिता :
आफुँ मात्रै जिउँदो अरू सबै जिउँदा लास हुन्
फ्याउरो उफ्रिन्छ ठुला ठुला
हुईयाँ का आवाज निकाल्दै
फ्याउँरो बाघ जस्तो गर्जिन्छ
फ्याउँरो आखिर फ्याउँरो नै हो ।
बाघको खोल ओढे पनि
पन्च भलाद्मी जस्तो देखिय पनि
त्यसले खानि त्यहि सिनो हो
जसमा अरूको श्रम परेको हुन्छ ।
समाजमा
फ्याउँरा हरू धेरै छन
जसले
आफुँ मात्रै जिउँदो अरू सबै जिउँदो लास हुन्
भन्ने सोच्छन् ।
समय आयपछि
फ्याउँरा हरू
रेबिज लागेको जस्तो
थुतुनो बाट र्याल काढ्दै
टाङ मुनि पुच्छर लुकाएर
भाग्छन ।