सुदखोर ब्यापारी

पकुल
२४ श्रावण २०८०, बुधबार ०५:३८

कबिता :

सुदखोर ब्यापारी

कतै सभा सम्मेलन भए
कति मिठो बोल्छ त्यो ।
मानौं समग्र ब्यबसायिको
महान मसिहा हो त्यो ।
कतै गरिब भेट्यो भने
देखाउनलाई अलिकति,
दान दिय जस्तो गर्छ त्यो ।
ठुलै मान्छे जस्तो संगठनमा
पनि बस्छ त्यो ।
हात्तीको दुईवटा दाँत भएजस्तै
त्यसका पनि दुईवटा दाँत छन,
ठुलै पावरमा छु भनेर देखाउन
नेता र सामाजिक अभिनेता सँगको
फोटोहरू सामाजिक सन्जालमा
राख्छ त्यो ।
ताकि धम्काउन सकियोस्
थर्काउन सकियोस् ।
आफुले बेचेको मात्र हिसाब गर्छ त्यो,
अरूले फिर्ता गरेका सामान
उसका बहिखाता बाट घट्दैनन।
बाबू बाजेको पालामा हाँडिको मोसोको
ल्याप्चे लगाउने जस्तो
सुदखोर हो त्यो ।
जसले ब्यबसायिलाई मानसिक तनाव दिएर,
अकालमा नै मृत्यु दिन बाध्य बनाउँछ।
त्यसले जोडेका सम्पतिमा हाँडीको मोसो गनाउँछ,
त्यसले खाएको गाँसमा ब्यबसायिको
रगत लतपतियको हुन्छ ।
कसरी खान सक्छ दुई छाक भात
बडो अचम्म लाग्छ ?
सम्झदा आङ नै
जिरीङ्ग हुन्छ ।
धेरै कमाएर ,
ब्यबसायिक जालझेल गरेर,
कति दिन चल्छ त्यसलाई?
बडो अभिमान छ
त्यो उडुसलाई,
रगत चुसेर मोटायकोमा
सुदखोर ब्यापारी भएकोमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*