रुसी बन्दरगाहमा युक्रेनको ड्रोन हमला
किभ । युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ । विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ ।
आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो । रुस–युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो ।
विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक सी पोर्ट नौसेनाको आधार हो। त्यहाँ एक जहाज निर्माण यार्ड र एक तेल टर्मिनल पनि छ। निर्यातका लागि बन्दरगाह महत्वपूर्ण छ ।
यो क्रिमिया र युक्रेन को लगभग ११० किलोमिटर पूर्व स्थित छ। युक्रेनको सुरक्षा सेवाका एक अधिकारीले उक्त हमला देशको नौ सेना र सुरक्षा सेवाले संयुक्त रुपमा गरेको बताए ।
जसका कारण रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।
यसअघि बुधवार रूसी ड्रोनले युक्रेनको ओडेसामा खाद्य केन्द्रहरूमा ठूलो क्षति पुर्याएको थियो ।