तँ अब जिउँदो लास भयर नबस
कबिता : तँ अब जिउँदो लास भयर नबस
ए उठ ,कति सुत्छस ?
जागेर त हेर
मैले कति भने तँलाई
टोले दलालको फन्दामा नपर
दाई दाई भन्दै थिईस
दलाल लाई
सबै त बेचिसक्यो त्यसले
राजनीतिको खोल ओढेको त्यो
मैले ब्वाँसो हो भन्दा पनि
तैंले चिनिनस , मानिनस ।
परिवर्तन को नारा लगाउँदै
भयका पनि भत्काउदै
त्यसका पछाडी कुदिस
के पाईस ?
सबै त बेचिसक्यो त्यसले
अब तँ चुलो जलाउन
दुर दराजमा जान्छस ।
परिवारबाट धेरै टाढा
ब्वाँसोले गर्दा समाजबाट
आफन्तबाट टाढा हुन परेको
पिर कत्ति पनि छैन तँलाई
हैन तँ साच्चै मान्छे होस ?
मान्छेले त बिद्रोह गरिसक्थ्यो
आवाज उठाई सक्थ्यो ।
तेरा बिदेशका पसिना हरू
देशमा बसेर त्यै ब्वाँसोले खायको छ।
२-४ बर्षमा आउँछस २ महिना बस्छस
ब्वाँसोको पेट पाल्न फेरि तँ परदेश लाग्छस ।
तैंले अलिकति जोडेको पनि
यो त्यो देखायर फेरि त्यहि
ब्वाँसोले खाईदिन्छ।
आखिर तँ पनि बेचिएको हो ,
त्यसको भेउ पाईनस
मैले भन्दा पनि तैंले पत्ताईनस
तेरो दिमाग
त्यही ब्वाँसोको कन्ट्रोलमा छ,
कति दाई दाई भन्छस ?
किन बिद्रोह गर्दैनस तँ ?
किन आवाज उठ्ठाउन्नस ?
अब त बिद्रोह गर
तँ अब जिउँदो लास भयर नबस।