एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित
तुलसीपुर । एन प्याव्सन दाङले आज एक कार्यक्रमको आयोजना गरी एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने तथा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्र–छात्राहरु लाई सम्मान गरेको छ ।
एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगिको प्रमुख आथित्यमा भएको कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्योति मावि तुलसीपुरकी जेनिसा सुवेदी र छात्र तर्फ ३.९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी विजौरिका सागर वस्नेत लाई सम्मान गरिएको थियो ।
त्यसेैगरि उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम वनाउन सफल ज्ञान ज्योति मावि र अमृत एकेडेमिलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरि सोहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र-छात्राहरुलाई समेत सम्मान गरिएको थियो । एन प्यााव्सन दाङले गत चैतमा लिएको परिक्षामा सवै भन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका हुन ।
सो अवसरमा छात्र तर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे ,द्धितिय ज्ञानज्योति मावि तुलसीपुरका दिपेन्द्र डिसि ,तृतिय लोकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत ,चौथो पि एण्ड के पाठशालाका हिमाल आचार्य र पाँचौं हुन सफल पुरन्धारा एभरेष्ट एकेडेमिका रोशन केसि तथा अमृत एकेडेमिका सागर वस्नेत लाई सम्मान गरिएको थियो ।
त्यसैगरि छात्रा तर्फ राप्तिबाल एकेडेमिकी निरुता सुनार र ज्ञान ज्योति माविकि जेनिसा सुवेदि प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इगलिस वोडिङ स्कुल हापुरेकी वालिका वलि द्वितिय,मिडवेष्ट प्वाईन्ट एकेडेमिकी अनिमा वुढाथोकि तृतिय , जनप्रिय ई. वो. स्कुलकी रोजिना चौधरी चौथो र पि एण्ड के पाठशालाकी दिपा भण्डारी पाँचौ हुन सफल भएका थिए । उनीहरुलाई समेत सम्मान गरिएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि डाँगिले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै आगामी दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभकामना दिनुभयो ।
सो अवसरमा एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल,जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे,तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्कि, ज्ञान ज्योति माविका भाईस प्रिन्सिपल मनोज केसि,रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्मी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्य वाट शुुरु भएको कार्यक्रमको सहजिकरण ठाकुर प्रसाद डाँगिले गर्नु भएको थियो ।