बल्छी धुर्वे ,राजु मास्टरसहितका कलाकार ५ हजार धरौटीमा छुटे

नमुनापत्र संवाददाता
२७ असार २०८०, बुधबार २०:२४

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), एलिस राई, बेगम नेपाली (भटभटे माइला) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै उनीहरु बुधबार हिरासतबाट छुटेका हुन् । गत जेठ ३२ गते उक्त प्रकरणमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

सट्टेबाजी गराउने मुख्य एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई भने १० लाख रुपैयाँ धरौटी अदालतले माग गरेको छ ।

सरकारी वकिल कार्यालयले भने दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*