अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि EWARS सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार २२:२३

तुलसीपुर । अस्पताल विकास समितिका अध्यक्ष श्री पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा अस्पतालका मे.सु.डा.ओम प्रसाद अर्यालको प्रमुख आतिथ्य साथै अस्पतालमा कार्यरत बिशेषज्ञ डा.शिशिर पोख्रेल र डा.मनिस घिमिरेको प्रशिक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि EWARS सम्बन्धि २ दिनको कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रमको सन्चालन अस्पतालका मेडिकल रेकर्डर भूषण सुबेदिले गर्नु भएको थियो।उक्त कार्यक्रममा अस्पतालमा कार्यरत सम्पूर्ण विशेषज्ञ चिकित्सकहरु,मेडिकल अफिसरहरू,बिभागिय ईन्चार्जहरू र अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरू सहभागी हुनुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*