तुलसीपुरका बन्द विद्यालयमा आजबाट नियमित पठनपाठन

नमुनापत्र संवाददाता
५ असार २०८०, मंगलवार ०८:०८

तुलसीपुर । तुलसीपुरका विद्यालय आजदेखी खुल्ने भएका छन् । अत्याधिक गर्मीका कारण बन्द विद्यालय सोमबार पानी परेपछि आजदेखी खुल्ने भएका हुन् ।

गर्मीले बन्द भएका विद्यालय आज (मंगलबार)देखि खुल्ने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुरमा गर्मीका कारण बुधबारसम्म बन्द गरिएको थियो । तर अबदेखि नियमितरुपमा संचालनमा आउने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

तपाईंको मत

  • तपाईंको मत