गर्मि बढेपछि तुलसीपुरका विद्यालय बन्द

नमुनापत्र संवाददाता
३ असार २०८०, आईतवार १६:४८

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी शैक्षिक संंस्थालाई तिन दिन बिदा दिने निर्णय गरेको छ ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै तुलसिपुर उपमहानगरपालिका शिक्षा शतखाले असार ४-६ गते सम्म तीन दिन बिदा दिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताउनुभयाे ।

मौसमविदका अनुसार अझै केहि दिन सम्म तापक्रम वृद्धि रहने अनुमान रहेकाले वार्षिक बिदावाट मिलान गर्ने गरी तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयममा गर्मि बिदा दिने निर्णय भएको छ ।

साथै दादुरा रूवेला बिरूद्धकाे खाेप सञ्चालन हुन बाँकी बिद्यालयहरूमा निर्धारित मितिमा खाेप सञ्चलनका गर्नका लागि सम्बन्धित बिद्यालयरूलाई अनुराेध गरेकाे विज्ञप्तिमा उल्लेख छ।अत्यधिक गर्मिका कारण यसअघि जेठ २६-३० गते सम्म पाँच दिन बिद्यालय बन्द रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*