चिनको एक रेष्टुरेन्टमा बिष्फोट हुदाँ ३१ को मृत्यु
बेइजिङ । चीनको यिनचुआन सहरको एक रेस्टुरेन्टमा बुधबार राति विष्फोट भएको छ ।
सो भयानक बिष्फोट परी हालसम्म ३१ जनाको मृत्यु भएको छ भने झन्डै एक दर्जन ब्यक्ति घाइते भएका छन ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट भएको हो । सो बिष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटना हुँदा उक्त क्षेत्रमा भीड लागेको थियो । यहाँ ड्र्यागन बोट फेस्टिभलको तयारी चलिरहेको थियो । यिनचुआन सहरको निङ्जिया नामक स्वायत्त प्रान्तको राजधानी हो। यस प्रदेशको जनसंख्या ६८ लाख छ । यी मध्ये ६५ प्रतिशत मुस्लिम रहेका छन्।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दुर्घटनापछि केही तस्विर सार्वजनिक गरेको छ । आगो निभाएपछि घटनास्थलमा दमकलका गाडीहरु देखिन्छन् । फायर फाइटरहरूले पनि घाइतेहरूलाई एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ । न्यूजकारखाना