रुपन्देहीमा आर्चरी खेलको उद्घाटन

नमुनापत्र संवाददाता
१४ जेष्ठ २०८०, आईतवार २२:४३

बुटवल। राष्ट्रिय खेलकुद अन्र्तगत पर्ने आर्चरी (धनुष बाण) खेल रुपन्देहीमा पहिलोपटक उद्घाटन गरिएको छ । आइतवार बुटवलको हिलपार्कमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । आर्चरी खेलको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्विनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले आर्चरी खेलले व्यक्तिको शाररीक सँगै सबैभन्दा धेरै बौद्धिक विकासमा टेवा पुग्ने जनाए । रुपन्देही जिल्ला खेलुकद विकास समितिको अगुवाईमा पहिलोपटक व्यवसायीक रुपमा आर्चरी खेललाई अगाडि बढेकाले यसलाई व्यवस्थित स्थायी संरचना सहित सञ्चालन गर्नका लागि प्रदेशको तर्फबाट आफुले भरपूर सहयोग गर्ने बताए ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र वहादुर क्षत्री (हरीले) आफु जिल्ला खेलकुदमा आए लगत्तै पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उक्त खेल समावेश भएको तर जिल्लामा सो खेल खेल्ने सिमित खेलाडी भए पनि व्यवसायिक नभएको अवस्थामा पनि नवौं राष्ट्रिय प्रतियोगितामा भाग लिए सँगै आर्चरी खेललाई निरन्तरता दिने र नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले खेलकुदमा आवश्यक बजेट नभएकाले आफ्नो व्यक्तिगत २ लाख रुपैयाँ लगानीमा ४ वटा धनुष बाण किनेर खेललाई अगाडि बढाएर हाल अस्थायी रुपमा भए पनि उद्घाटन गरिएको वताए । अध्यक्ष हरीले भने, मेरो कार्यकालसम्म स्थायी संरचना तयार गरी व्यवसायीक रुपमा आर्चरीलाई विकसित गराएरै छाड्नेछु, । मैले शुरु गरिसके अब स्थानिय सरकार र प्रदेश सरकारले पनि खेलाडी उत्पादन सँगै बजेट विनियोजनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
भोलीदेखि १ महिनासम्म निःशुल्क प्रशिक्षण गराइने र त्यसपछि व्यवसायीक रुपमा खेलाईने बताईएको छ । हाल जिल्लाका ढाबा, भलवारी, खैरेनी, ढेकवार (अरनिको बस्ती), बुटवल, सालझण्डी लगायतमा व्यक्तिगत रुपमा धनुष बाण राखेर केहि व्यक्तिहरु स्वछिच्क रुपमा खेलिदै आईएको पाईएको छ । उद्घाटनमा हिलपार्क संरक्षण समितिका अध्यक्ष भिम तुलाचन, क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष गुप्त वहादुर केसी, नगरका कुल वहादुर केसी, क्षत्री प्रतिष्ठानका अध्यक्ष लेख बहादुर कार्की, बक्सिङ संघ रुपन्देहीका अध्यक्ष राजु गुरुङ, समाजसेवी भक्त थापा लगायतको उपथिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*