अचेल देवता पनि यो देशबाट भागिसके

पकुल
२५ फाल्गुन २०७९, बिहीबार २२:५४

कबिता :

देशको दुर्दशा देखेर हो कि?
देश चलाउने लाई देखेर हो।
अचेल देवता पनि
यो देशबाट भागिसके कि जस्तो लाग्न थाल्यो।
धनकि देबी लक्ष्मिको जति पुजा गरे पनि
धन यहाँ छैन अन्तै छ।
बिश्वकर्मा देवताको पुजा गरेपनि
उद्योग ,कलकारखाना बन्द छ।
सरस्वतीको पुजा गरे पनि
बिद्वान हरु अन्तै छन।
त्यसैले,
हे देवताहरू हो।
हजुरहरुलाई यहाँ फर्काउन के के
गर्नुपर्छ, के के सुधार्नु पर्छ।
हामी तयार छौं त्यसका लागि
स्वप्नमा भएपनि आदेश होस।
हाम्रो अनुरोध यति हो।
देश छोडेर बिदेशी बन्ने कार्यको
देउताहरुबाट पनि अन्त्य होस।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*