यार्सा सङ्कलन बन्द गर्ने

रासस
९ बैशाख २०७७, मंगलवार १९:३०

जाजरकोट , ९ वैशाख (रासस): यो वर्ष यार्सागुम्बा सङ्कलन कार्य रोकिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले यो विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन कार्य रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिनुभयो । जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा यो निर्णय गर्नुका साथै कोरोना त्रासका कारण बढेको लकडाउनलाइ अझै व्यवस्थित बनाउने, स्थानीय तहले क्वारेन्टाइन निर्माणदेखि आइसोलेशन निर्माणका कामका बारेमा समीक्षासमेत गरिएको छ ।

राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्नका लागि सबै जनप्रतिनिधि र सरकारी अधिकारीले तदारुकता दिने प्रजिअ सुनारले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अङ्कत राना मगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढालगायत स्थानीय सरकारका प्रमुखको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*