अमेरिकाबाट स्वास्थ्यकर्मीलाइ मास्क सहयोग

रासस
८ बैशाख २०७७, सोमबार २१:३०

मार्तडी ८,वैशाख: स्थानीय तहले स्थापना गरेका हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाइ अमेरिकाबाट सर्जिकल माक्स सहयोग प्राप्त भएको छ ।

यहाँस्थित बुढीगंगा नगरपालिका–१ कुँडी घर भइ अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वर सिंहले एक हजार ८०० माक्स सहयोग गर्नु भएको हो । उहाँले ४० हजार बराबरको एक हजार ८०० सर्जिकल मास्क सहगोग गर्नु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिकाबाट भाग्यश्वरीले सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो । सिंहले आफ्नो पारिश्रमिकबाट आएको केही रकमले स्वास्थ्यकर्मीलाइ सो सहयोग गर्नुभएको हो ।

सर्जिकल माक्स बुढीनन्दा नगरपालिकामा चार सय, स्वामिकार्तिक खापर गाँउपालिकामा तीन सय, जगन्नाथ गाँपालिकामा तीन सय, हिमाली गाँउपालिका तीन सय हस्तान्तरण गरिएको छ । त्रिवेणी नगरपालिकामा तीन सय र बुढिगंगा नगरपालिका–१ धुरालसैनमा रहेको स्वास्थ्य केन्द्रलाइ दुइ सय मास्क हस्तान्तरण गरिएको छ । जिल्लामा हाल २१ हेल्थ डेस्क, १५ क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांशमा मास्क नभएको पाइएको थियो ।

यसैबीच स्वास्थ्य कार्यालय बाजुरालाई नेपाली काँग्रेसका महासमिति सदस्य जनकराज गिरीको पहलमा १८ वटा व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिइ) सहयोग गरिएको छ । समाजसेवी महावीर पुनको सहयोगमा प्राप्त पिपिइ काँग्रेस नेता गिरीको पहलमा बाजुरा आइपुगेका हुन् । ती पिपिई स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई बुझाइएको छ ।

उपचारमा संलग्न व्यक्ति, एम्बुलेन्सका सवारी चालकको सुरक्षाका लागि प्रयोग गर्न राहत स्वरुप सो सामग्री पठाएको काँग्रेस नेता जनकराज गिरीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*