लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

नमुनापत्र संवाददाता
८ कार्तिक २०८१, बिहीबार १३:४९

बुटवल । लुम्बिनी प्रदेशमा हिजो नियुक्त भएका तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*