दाङमा आफैले गरेकाे चक्कु प्रहारबाट एक युवकको मृत्यु
दाङ । दाङमा एक युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको नगरकोट गाउँपालिका-१४ घरभई हाल बबई गाउँपालिका-४ हापुरे बजारमा डाेल्मा हाेटेल सञ्चालन गर्दै आएका साेमार तामाङका २८ वर्षिय छाेरा अनिल तामाङ रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश् थापाले जानकारी दिनुभयाे।
आज मंगलबार बिहान साढे नाै बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबूसँग विवाद भएपछि अनिलले आफैले पेटमा चक्कु प्रहार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयाे।
घटना लगत्तै गम्भीर घाइते अनिललाई सँगै राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएकाे थियाे।
उपचारकै क्रममा आज मंगलबार बिहान पाैने ११ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेकाे हाे।
घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकाे बताएको छ ।