दाङमा जुवा खेल्दै गरेका पाँच जना जुवाडे पक्राउ
दाङ । दाङमा जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कुटिचौर शान्ति कर्मकोट सामुदायिक बनमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगदसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रोल्पाको परिवर्तन गाउँपालिका-२ का २८ वर्षिय हिमाल वली, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का ३३ वर्षिय जीवराज रावत, घोराही-९ का ३७ वर्षिय केशव शाह, घोराही-१३ का ३० वर्षिय सुर्य बोहरा र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का ३० वर्षिय केदार परियार पक्राउलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ७० हजार ११० नगदसहित तासका ६ थान गड्डी बरामत गरिएको छ । प्रहरीले दशैँ भित्रिएसंगै रमाइलोको नाममा खेलिने जुवातास नियन्त्रका लागि पछिल्लो पटक जुवाडेलाई धमाधम पक्राउ गर्न थालेको छ ।