श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हलवारका पेण्डवालाई जन्मकैदको फैसला

नमुनापत्र संवाददाता
१० आश्विन २०८१, बिहीबार २०:४५

दाङ । दाङमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका श्रीमानलाई जिल्ला अदालत दाङले जन्मकैदको फैसला गरेको छ । ४५ वर्षकी श्रीमति लक्ष्मी चौधरीलाई हत्या गरेको कसुरमा अदालतले तुलसीपुर उपमहानगरपालिका -४ तल्लाे हलवार निबासी ४२ वर्षीय पेण्डवा चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधिस राजेश्वर अर्यालको इजलासले दोषी ठहर गर्दै जन्मकैद गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । लक्ष्मी चौधरीलाई गत माघ ७ गते पेण्डवाले आफ्नै घरमा हत्या गरेका थिए ।

पेण्डुवाले राती १० बजेतिर श्रीमतीलाई रड प्रहार गरेपछि श्रीमती लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियाे। प्रहरीले पेण्डवालाई साेही दिन राती नै पक्राउ गरेकाे थियाे ।

श्रीमतिको हत्यापछि पेण्डवाले आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकी माथि पनि पेण्डवाले रड प्रहार गरि सामान्य घाइते बनाएका थिए । धारिलो वस्तुले प्रहार गरी श्रीमती लक्ष्मीकाे हत्या गरेका पेण्डवा माघ ७ गते घरबाटै पक्राउ परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*