सर्टिफिकेट शुल्कविरुद्ध अखिल क्रान्तिकारीको आपत्ति, आन्दोलनको चेतावनी

नमुनापत्र संवाददाता
२ आश्विन २०८१, बुधबार २१:४७

तुलसीपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङ जिल्ला समितिले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले सर्टिफिकेट शुल्कका नाममा निर्धारण गरेको चर्को शुल्कप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

संगठनका अध्यक्ष गोविन्द बहादुर मल्ल र सचिव हिरालाल वली (जनार्दन)द्वारा जारी गरिएको विज्ञप्तिमा विद्यालयहरूले अभिभावकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य पार्ने कार्यको कडा विरोध गरिएको छ।

विज्ञप्तिमा शिक्षा समितिको निर्णयलाई तत्काल खारेज गरी सर्टिफिकेट शुल्कलाई निशुल्क बनाउनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गरिएको छ। साथै विभिन्न विद्यालयहरूले विद्यार्थी स्थानान्तरण रोक्ने नाममा अत्यधिक रकम असुल गरेको पाइएकाले कानुनी कारबाहीको माग गरिएको छ।

यदि यस्ता कार्यहरूमा सुधार नगरे अखिल क्रान्तिकारीले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।जसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*