शिक्षा र स्वास्थ्यमा नेपालको अवस्था सुधारोन्मुख : स्वास्थ्य मन्त्री सारु
बुटवल । लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री खेम सारुले नेपालमा शिक्षा र स्वास्थ्यको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । औषत आयुमा बृद्धि साथै मानव विकास सूचकांकमा आएको सुधारले नेपालको शिक्षा र स्वास्थ्यको अवस्था बलियो बन्दै गएको बताउनुभयो । बिद्यार्थी गुणिय चक्रको नवौँ सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सारुले देश विकासको बाटोमा अगाडि बढिरहेको बताउदै बिद्यार्थीहरुलाई निराश नहुन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई सामाजिक सञ्जालका सूचनालाई सजिलै विश्वास नर्गन पनि आग्रह गर्दै सूचनाको स्रोत र विश्वसनियता परीक्षण गर्न सिक्न्पर्ने बताउन्भयो ।
रुपन्देही हब अन्तर्गतका विद्यालयको हब कन्भेन्सन शनिबार बुटवलमा सम्पन्न भएको हो । बुटवलको लुम्बिनी बोडिङ स्कुलमा सम्पन्न सम्मेलनमा रुपन्देही हबमा आवद्ध सात विद्यालयका झण्डै २ सय विद्यार्थी सहभागी रहेका थिए । कार्यक्रममा विद्याथीहरुले आफ्नो केस स्टडी प्रिजेन्टेसन गनुर््का साथै विभिन्न प्रतियोगितात्मक, अप्रतियोगितात्मक, कार्यशाला र प्यानल डिस्कसन लगायतका कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा हाजिरी जवाफ, कोलाज, कथा लेखन, पेन्टिङ, वादविवाद, स्पेल बि, स्क्रावल लगायतका प्रतियोगितात्मक कार्यक्रम भएका थिए भने साइबर सेक्यूरिटी, ए. आई., कविता लेखन, पेपर प्रिजेन्टेसन, भ्लगिङ लगायतका कार्यशाला सम्पन्न भएका थिए ।
रुपन्देही हबका कोर्डिनेटर ध्रुब खरेलको अध्यक्षता, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यता साथै प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका सहप्राचार्य कोशल प्रसाद बस्याल पहिलो चरण र क्वेष्ट नेपालका सल्लाहकार दिपक गौतमले दोस्रो चरणको कार्यक्रमा स्वागत गर्नुभएको थियो । बुटवल उपमहानगर पालिका ३ का वडाध्यक्ष बिष्णु ढकाल , प्याब्सन बुटवल एवम् प्याब्सन रूपन्देहीका व्यक्तित्वरू कुलराज शर्मा , कुलान्द पाण्डे ,मित्रहरि आचार्य , उमापति न्याैपाने ,टङ्क रेग्मी लगायतको उपस्थिति रहेकाे उक्त कार्यक्रमको सञ्चालन लुम्बिनी बोडिङ स्कुलकी छात्रा प्राश्ना श्रेष्ठले गरेको लुम्बिनी हबका सचिव सुर्य पौडेलले जानकारी दिनु भयाे ।