तारागाउँ विकास समितिको जग्गा हायात होटलले हडप्न खोज्यो- माधव नेपाल

नमुनापत्र संवाददाता
२७ श्रावण २०८१, आईतवार २०:३०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हायात होटलले तारागाउँ विकास समितिको जग्गा हडप्न खोजेको आरोप लगाएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुनसक्ने बताए।

‘बौद्धमा रहेको जग्गाको बारेमा, त्यो हायात हाटेलले लिन चाहिराखेको छ, भनौं हडप्न खोजेको छ। एकलौटी बनाउन खोजेको छ। राज्यको सेयर घटाउँदै घटाउँदै लिएर गइराखेको छ। २२ प्रतिशतबाट नौ प्रतिशतमा झारिसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘मुनाफा कति भइराखेको छ, राज्यलाई देखाउने कति गरिएको छ? राज्यले कति लाभांश पाउने गरेको छरु यी कुराहरू पनि छन्।’

साथै, उनले विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे।

‘त्यसकारण यी सबै कुरालाई ध्यान राख्नुपर्ने आवश्यकता एकातिर छ भने अहिले आएको १५० रोपनी जग्गाको कुरा यो सबैको सन्दर्भमा वास्तवमा सरकारकै दृष्टिकोण के हो ? तारा गाउँ विकास समितिसँग सबै रिपोर्ट लिएर सरकारले सो सम्बन्धि धारणा बनाओस्। मन्त्रालयले के प्रश्ताव राख्न खोजिराखेको छ, त्यो पनि ल्याओस्,’ अध्यक्ष नेपालले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*