ब्राजिलको एक डोमेष्टिक विमना दुर्घटना हुँदा ६१ जनाको निधन
एजेन्सी । ब्राजिलको साओ पाउलोमा ६१ जना यात्रु बोकेको एउटा विमान दुर्घटना भएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमान भिन्हेडो सहरको आवासीय भवनमा अवतरण भएको बताइएको छ ।
घरेलु उडान सञ्चालन गर्ने एयरलाइन्स भोपासले दुर्घटनाको कारण अझै थाहा नभएको बताएको छ। दुर्घटना शुक्रबार दिउँसो भएको हो। एटीआर–७२ विमानमा ५८ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफू उपस्थित एउटा कार्यक्रममा मृतकप्रतिको सम्मानका लागि एक मिनेट मौन धारण गर्न आह्वान गरेका छन्।