दलित समुदायका बौद्धिक व्यक्तिहरु बिच छलफल तथा अन्तक्रिया
रुपन्देही । दलित समुदायलाई संविधानले प्रदान गरेको समानुपातीक समाबेशी सिद्धान्तबाट राज्यले बिमुख गर्न थालेको अवस्था प्रती आज एक कार्यक्रमका बिच प्रश्न उठाईएको छ।
सैनामैना दलित उत्थान समिती सैनामैनाको आयोजनामा संस्थाका संरक्षक ,सल्लाहकार ,नगरकार्यपालिका सदस्य एंव दलित समुदाय का बौद्धिक व्यक्तिहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम गरेको हो ।
दलित उत्थान समिती सैनामैना का अध्यक्ष जय लाल बिश्वकर्माको अध्यक्षतामा भएको छलफल तथा अन्तर्कृया कार्यक्रममा सैनामैना नगरकार्यपालिका सदस्य सुरज बराल, टेक बहादुर बि.क. ,माया देवि बि.क., संस्थाका संरक्षक खिम बहादुर बि.क., सुनचाँदी ब्यवसायी संघ सैनामैना का अध्यक्ष तिलक बि क., निवर्तमान अध्यक्ष भुवन बराल सचिब यम लाल बि.क. ,सामुदायिक जागरण बिकाश मन्च का अध्यक्ष राम बि.के.,दलित नेता तिलक नेपाली , सुरेश बिश्वकर्मा ,तम बहादुर बिश्वकर्मा, अनिल पहाडी लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
संस्थाले आगामि दिनमा दलित समुदायलाई परेका समस्याहरुलाई कानुनी रुपबाट नै समाधान खोज्नु पर्ने , कानुनी सचेतना दिने कार्यक्रम चलाउने , दलित समुदायका उच्च शिक्षा पढेका बिद्यार्थीहरुलाई लोकसेवामा प्रवेशका लागि तालिम कक्षा सन्चालन गर्ने दलित समुदायका सीप कला र संस्कृतिलाई ब्यवसायिक बनाउन सक्ने तालिम संचालन गर्ने गरि आगामी कार्य योजना बनाईएको सस्था का अध्यक्ष जयलाल बिश्वकर्मा जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रम को सन्चालन महासचिब माया रसाइली ले गर्नु भएको हो।