मदिराको जोसमा सिसाका टुक्रा खाएपछि

नमुनापत्र संवाददाता
२३ श्रावण २०८१, बुधबार ०५:२७

दाङ। दाङको तुलसीपुरमा एक युवकले मदिराको जोसमा बियरको बोतलका सिसाका टुक्रा खाएका छन्।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले आफ्नै घरमा मदिरा सेवनपछि बियरको बोतल फोडेर बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएका हुन्।

सिसाका टुक्रा खाए लगत्तै उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो।तुलसीपुरमा प्रारम्भिक उपचारपछि उनलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अहिले युवकको अवस्था मध्यम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*