तुलसीपुरमा एक वर्षमा ५ सय बढी अपराधका घटना दर्ता

नमुनापत्र संवाददाता
२१ श्रावण २०८१, सोमबार २२:१६

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक वर्षको अवधिमा एक वर्षमा ५ सय बढी अपराधका घटना दर्ता भएका छन् ।

कार्यालयले सोमवार आयोजना गरेको सार्वजनिक कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बितेको आर्थिक वर्ष २०८०/०८१ मा कुल ५ सय ४३ वटा अपराधका घटना दर्ता भएको बताउनुभयो ।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार तुलसीपुरमा सबै भन्दाबढी सार्वजनिक शान्ति, सार्वजनिक हित, सुरक्षा र नैतिकताविरुद्धका १ सय ३० वटा अपराध भएका छन् । यस्तै ज्यानसम्बन्धी १ सय २ वटा अपराध भएका छन् भने महिला तथा बालबालिकासम्बन्धी अपराध र सवारीसम्बन्धी अपराध पनि विगतका वर्षको तुलनामा बढ्दोक्रममा रहेको तथ्यांकले देखाएको छ ।

आत्महत्या, चोरीका घटना, सांगठित तथा आर्थिक अपराधका घटना विगतको वर्षको तुलनामा केही कम भएको तथ्यांकमा उल्लेख छ । समग्र घटनाको अवस्था हेर्दा भने विगतको वर्षको तुलनामा ३५ दशमलव ७५ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कुल ५ सय ४३ वटा अपराधका घटनामा ५ सय ७३ जना अभियुक्त छन् । जसमा ५ सय ३४ जना पक्राउ परेर कानुनी प्रक्रिया अगाडि बढेको डिएसपी पोखरेलले बताउनुभयो । उहाँका अनुसार ३९ जना भने अझै परार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*