शेख हसिना भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा

नमुनापत्र संवाददाता
२१ श्रावण २०८१, सोमबार २१:५२

ढाका। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि त्यहाँको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । त्यहाँका सेना प्रमुख जनरल वकारले सोमबार देशबासीलाई सम्बोधनका क्रममा अब अन्तरिम सरकारको स्थापना हुने घोषणा गरे ।

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पद छाडेसँगै भागेर भारतको अगरतला शहरतर्फ हेलिकप्टरमा निस्किएकी छन् । शेख हसिनाविरुद्ध बंगलादेशका विद्यार्थीले करिब २ महिनादेखि आन्दोलन गरिरहेका थिए । यो आन्दोलन हिंस्रक हुँदै जाँदा मारिनेको सख्या ३ सय नाघेको थियो ।बंगलादेशमा हजारौँ विद्यार्थीले शेख हसिना सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन् । आइतबार भएको प्रदर्शनका क्रममा कम्तीमा ९० जना मारिएका थिए । बंगलादेशमा केही प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा पसेका थिए । त्यससँगै हजारौँ प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा ढुंगामुढा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*