सर्वाधिक पुरुसकार राशीको प्रथम खाद्रे गोल्डकप फुटबल प्रतियोगिता सुरु
दाङ । तुलसीपुरमा आजदेखि प्रथम खाद्रे गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा रहेको युथ्स अफ खाद्रेको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
युवाहरुको खेल क्षेत्रको विकासमा सहयोग पुर्याउन तथा खाद्रेलाई खेलकुद हबको रुपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका सदस्य पदम केसीले जानकारी दिनुभयो ।
यसैबिच प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर ४ का वडा अध्यक्ष तुल्सी थापामगरले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी थापामगरले खेलकुद क्षेत्रले आफ्नो ठाउँको मात्र नभएर देश भित्र र विदेशमा समेत पहिचान दिलाउन सफल भईरहेको भन्दै सम्पुणर् खेलाडी उत्साहित भएर लाग्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष श्रीधर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । क्लबका सदस्य पदम केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिभिन्न प्रस्तुतीहरु राखिएको हो ।
आजदेखि सञ्चालन भएको प्रतियोगितामा बिभिन्न चौधवटा टिमको सहभागिता रहेको छ । गोल्डकपमा प्रथम हुने टिमले ५० हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले २५ हजार ५ सय ५५ नगद सहित मेडल र प्रमाणपत्र हात पार्ने छन् ।आजदेखि सुरु भएको प्रतियोगिता कार्तिक २५ गतेसम्म सञ्चालन हुने भएको छ ।
यसैबिच आज भएको पहिलो खेलमा टरिगाउ फुटबल क्लब तुलसीपुर १२ र राईनो ए तुलसीपुर ४ खाद्रेबिच प्रतिष्पर्धा भएको छ । जसमा जसमा टरिगाउँ फुटबल क्लबले राईनो ए लाई ४-१ ले पराजित गरेको छ । घरेलु मैदानमा पराजय ब्यहोरेको राईना ए प्रतियोगिताबाटै बाहिरिएको प्रतियोगिताका मुख्य रेफ्रि प्रकाश बिश्वकर्माले बताउनुभयो ।
यस्तै भोली कार्तिक २३ गते तीनवटा खेल हुने आयोजकले जनाएको छ । भोलीको पहिलो खेल बिहान ८ बजेदेखि ग्वारखोला युवा क्लब बायखोला र योङ्ग तुलसीपुरबिच हुने भएको छ । त्यस्तै दोस्रो खेल बिहान ११ बजे साउथ तुलसीपुर फुटबल क्लब र युथ्स अफ खाद्रे बिच हुनेछ । त्यस्तै भोलीका लागि तेस्रो अन्तिम खेल दिउँसो ३ बजेदेखि रोयल बिजौरी र बाँकेको कुसुम फुटबल क्लबका बिच हुने आयोजकले जनाएको छ ।
खेल नकआउट चरणका आधारमा सञ्चालन भएको प्रतियोगिताका मुख्य रेफ्रि बिश्वकर्माले बताउनुभयो ।