महासचिव गुटेरेस- गाजामा तत्काल मानवीय युद्धविराम आवश्यक

नमुनापत्र संवाददाता
२१ कार्तिक २०८०, मंगलवार १७:३४

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आह्वान गरेका छन् ।

उनले आक्रमण तत्काल रोकेर त्यहाँका बासिन्दालाई शान्तिपूर्ण रूपमा बस्न दिन आग्रह गरे ।

गाजामा मानवीय संकट बढिरहेको उल्लेख गर्दै मानवताको संकटले विश्वलाई तरंगित बनाइरहेको बताए । नागरिकहरू अस्पतालमा उपचारका लागि भरिएका तर उपचारका सामग्री नहुँदा बिचल्ली भइरहेको उनले भनाइ छ ।

गाजा बालबालिकाका लागि चिहान बनिरहेको छ । दैनिक सयौँ बालबालिकाहरू मारिने र घाइते भएका छन् ।

पछिल्ला चार हप्ताको अवधिमा धेरै पत्रकार मारिएका छन् । विश्व संगठनको इतिहासमा कुनैपनि तुलनात्मक अवधिमा भन्दा बढी संयुक्त राष्ट्र सहायता कार्यकर्ता मारिएका छन् । सिन्ह्वा न्युज एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*