ओमानका इल्यास उत्कृष्ट खेलाडी, नेपालका भुर्तेल उत्कृष्ट ब्याटर

नमुनापत्र संवाददाता
१९ कार्तिक २०८०, आईतवार १८:५७

काठमाडौं । नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन् ।

घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।

ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो ।

फाइनलमा पुगेका यी दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*