नेपाल र जापानको खेल वर्षाका कारण अवरुद्ध

नमुनापत्र संवाददाता
४ कार्तिक २०८०, शनिबार ११:४७

काठमाडौँ। मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राेकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन् ।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन् ।

यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*