अछाममा स्वास्थ्यकर्मी आन्दोलनमा

नमुनापत्र संवाददाता
१० आश्विन २०८०, बुधबार १४:१०

अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरूले विरोधस्वरूप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरूले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सवा ठप्प रहने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*